अति पिडा भो मलाई........
फागुन, ७ पोखरा
मलाई गीत संगीतका लाग्दाको यो १५ वर्षको कालखण्डमा अहिले सम्मका दुई घटना सबैभन्दा दर्दनाक र पिडादायि भएका । केहि वर्ष अगाडी पोखराका वरीष्ठ गायक सोम बज्राचार्यले पोखरामा आत्महत्या गर्दा र यहि २०६७ फागुन ५ गते राति उपत्यकाको ललितपुरमा गायिका योगिता मोक्तनले आत्महत्या गरेको खबरले म निकै दुःखी भएको छु ।
सोम दाईले मैले लेखेको अनि संगीत गरेको गति “तिमीलाई सम्झि रोई रहें चेलि बिरानो देशैमा” गाउनु भएको थियो । मैले आफैंले गाउन लाग्दा गाउन दिनु भएको थिएन, बरु तिमी लेख्ने मान्छे गीत लेखेर बस भन्नु भएको थियो । तर उहाँले आत्महत्या गरेर जानु भयो ।
यस्तै मैले ९ वर्ष अगाडी लेखेको, विनोद वानियाले संगीत गरेको पोखराको सहारा क्लवले हरेक वर्ष संचालन गर्दै आएको आहा गोल्डकप फुटवल प्रतियोगिताको स्वागत गीत “स्वागतम् स्वागतम् सहाराको स्वागतम्, आहा गोल्डकपमा आहा गोल्डकपमा” यो गीत यहि पौष ५ गते गायक विनोद वानियासंगै योगिता मोक्तानको स्वरमा मैले काठमाडौंको नक्सालमा रहेको भर्जिन भ्वाईस स्टूडियोमा पुनः रेकर्ड गराएको थिए । तर गीत रेकर्ड भएको दुई महिनामा गायिका मोक्तानले ललितपुर आम्हत्या गरेको खबर संचार माध्यमबाट आउँदा अति पिडा भो ।
म निकै दुुःखी भएको छु, गीत, संगीतमा लाग्दा मेरो गीत गायकि गायिका योगिता मोक्तान तथा केहि वर्ष अगाडी मेरै लेखन÷संगीतमा सोम दाईले गीत गाउनु भएको तर संसार छोडेर गएकोमा । असह्य पिडा भएको छ मलाई........................
मेरो संसार-(MY WORLD)
Popular Posts
-
पोखरा, फागुन,७ गएको मंसिर २ गते विवाह वनधनमा बाँधिएकि चर्चित गायिका योगिता मोक्तानले बिहिवार राति आत्महत्या गरेकि छन् । तामाङ गायिका मोक्तान...
-
अति पिडा भो मलाई........ फागुन, ७ पोखरा मलाई गीत संगीतका लाग्दाको यो १५ वर्षको कालखण्डमा अहिले सम्मका दुई घटना सबैभन्दा दर्दनाक र पिडादायि भ...
-
७ फागुन, काठमाडौं ६१ औं प्रजातन्त्र दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विहान सूर्योदयसँगै नेपाली सेनाबाट भीमसेन स्तम्भ धरहराबाट वि...
Saturday, February 19, 2011
Friday, February 18, 2011
आज प्रजातन्त्र दिवस
७ फागुन, काठमाडौं
६१ औं प्रजातन्त्र दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विहान सूर्योदयसँगै नेपाली सेनाबाट भीमसेन स्तम्भ धरहराबाट विगुल बजाउनुका साथै तोप र बन्दुक पड्काएर बढाईं गरिएको थियो ।
शनिबार दिउँसो सैनिक मन्च टुँडिखेलमा प्रजातन्त्र दिवस मूल समारोह समितिले विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता रहने छ ।
२००७ साल फागुन ७ गते जहानियाँ राणाशासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेलाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्बजनिक विदासमेत दिने गरेको छ ।
दिवसको अवसरमा प्रधानमन्त्री एवम् प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष झलनाथ खनालले जलपान कार्यक्रम आयोजना गर्नुभएको छ ।
दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति डा. रामवण यादव, प्रधानमन्त्री झलनाथ खनाल र विभिन्न राजनीतिक दलका नेताहरुले जनचाहनाअनुसार समयमै संविधान निर्माण गर्न र शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।

नेपाली संगीत क्षेत्रले गायिका मोक्तानलाई गुमायो, मोक्तानद्धारा आत्महत्या, निधनप्रति सहारा क्लवद्धारा दुःख व्यक्त, प्रहरीद्धारा अनुसन्धान शुरु
पोखरा, फागुन,७
गएको मंसिर २ गते विवाह वनधनमा बाँधिएकि चर्चित गायिका योगिता मोक्तानले बिहिवार राति आत्महत्या गरेकि छन् । तामाङ गायिका मोक्तानले ललितपुरस्थित बागडोलमा रहेको आफ्नै घरमा सलले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला पारीएको प्रहरीले बताएको छ ।
योगितालाई सिलिङमा सलले पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारीएको र उनको कानमा एयरफोन रहेको थियो भने मोवाईल भुँईमा थियो । प्रहरीले घटनास्थलबाट केहि पिएको खुकुरी रमको बोट भेटाएको तर सुसाईड नोट नभेटिएको बताएको छ । आत्महत्याको कारण तत्काल नखुलेकोले प्रहरीले अनुसन्धान शुरु गरेको र उनको मोवाईल रेकर्डको अध्ययन गर्नेभएको छ ।
नयाँ एल्वमको तयारीमा रहेकि २८ वर्षिय योगिताले वुधवार एउटा म्यूजिक भिडियो सुटिङ गरेर सिन्धुपाल्चोकको मुढेबाट काठमाडौं फर्किएकि थिईन ।
रसुवा भर भएकि मोक्तानले तामाङ सेलो गीतबाट व्यवसायीक गायनको सुरुवात गरेकि थिईन । गायनमा आउनु अघि उनले माओवादीको जनयुद्धमा सामेल भएर जनवादी गीत गाएकि थिईन । उनका बुबा जनयुद्धकालमै सेनाको कारबाहिमा मारीएका थिए ।
मोक्तान शवलाई पाटन अस्पतालमा पोष्ट मार्टम गरीएको छ । तामाङ संस्कार अनुसार मोक्तानलाइ शनिवार काठमाडौं स्वयम्भुमा अन्तिम संस्कार गरीने बताईएको छ । गायिका मोक्तानका श्रीमान हाल विदेशमा हुनुहुन्छ । उहाँलाई खबर गरीसकेको र आज दुवईबाट फर्किने बताईएको छ ।
झण्डै ८ सय गीत गाई सकेकि मोक्तानको “मईच्याङ”, “मनको गीत” लगाएतका एल्वम प्रशारणमा आईसकेका छन् । विशेष गरी योगितालाई सेलो विटका गीतहरु, तथा नेपाली आधुनिक, लोक, तामाङ सेलो, पप विधा र चलचित्रका गीतमा पाउन सकिन्छ ।
“डम्फु बजाउ, हेर न हेर, कति राम्रो तथा कहिले त” लगाएतका उनका चर्चाका गीतहरु हुन । योगिता मोडल पनि हुन । उनले “कति राम्रो” र “हेर न हेर” लगाएतका गीतमा मोडलिङ गरेकि छन् ।
संगीतको अध्ययनमा बि म्यूजसम्म पुगेकि गायिकाको नाता पोखरेलीसंग पनि जोडिएको छ । सहारा क्लवले उत्पादन गरेको, गीतकार आरजु विष्ट सल्यानीद्धारा रचित, गायक विनोद वानियाले संगीत गरेको आहा गोल्ड कपको स्वागत गीत “स्वागतम् स्वागतम् सहाराको स्वागतम्” गीत वानियासंगै गाएकि छन् । गायिका मोक्तानले गएको पौष ५ गते गायक विनोद वानिायसंगै उक्त गीत गाएकि हुन भने गीत भर्जिन भ्वाईस स्टूडियो नक्सालमा धनपाल गुरुङले रेकर्ड गर्नुभएको थियो ।
यसैबिच सहारा क्लव पोखराका अध्यक्ष विक्रम थकालि तथा फोटो पत्रकार सुदर्शन रञ्जितले सहारा क्लवको स्वागत गीतकि गायिका योगिता मोक्तानको निधन भएकोमा दुःख व्यक्त गर्दै सोक सन्तप्त परीवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

Subscribe to:
Posts (Atom)