Popular Posts

Friday, February 18, 2011

नेपाली संगीत क्षेत्रले गायिका मोक्तानलाई गुमायो, मोक्तानद्धारा आत्महत्या, निधनप्रति सहारा क्लवद्धारा दुःख व्यक्त, प्रहरीद्धारा अनुसन्धान शुरु

पोखरा, फागुन,७
गएको मंसिर २ गते विवाह वनधनमा बाँधिएकि चर्चित गायिका योगिता मोक्तानले बिहिवार राति आत्महत्या गरेकि छन् । तामाङ गायिका मोक्तानले ललितपुरस्थित बागडोलमा रहेको आफ्नै घरमा सलले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला पारीएको प्रहरीले बताएको छ ।
योगितालाई सिलिङमा सलले पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारीएको र उनको कानमा एयरफोन रहेको थियो भने मोवाईल भुँईमा थियो । प्रहरीले घटनास्थलबाट केहि पिएको खुकुरी रमको बोट भेटाएको तर सुसाईड नोट नभेटिएको बताएको छ । आत्महत्याको कारण तत्काल नखुलेकोले प्रहरीले अनुसन्धान शुरु गरेको र उनको मोवाईल रेकर्डको अध्ययन गर्नेभएको छ ।
नयाँ एल्वमको तयारीमा रहेकि २८ वर्षिय योगिताले वुधवार एउटा म्यूजिक भिडियो सुटिङ गरेर सिन्धुपाल्चोकको मुढेबाट काठमाडौं फर्किएकि थिईन ।
रसुवा भर भएकि मोक्तानले तामाङ सेलो गीतबाट व्यवसायीक गायनको सुरुवात गरेकि थिईन । गायनमा आउनु अघि उनले माओवादीको जनयुद्धमा सामेल भएर जनवादी गीत गाएकि थिईन । उनका बुबा जनयुद्धकालमै सेनाको कारबाहिमा मारीएका थिए ।
मोक्तान शवलाई पाटन अस्पतालमा पोष्ट मार्टम गरीएको छ । तामाङ संस्कार अनुसार मोक्तानलाइ शनिवार काठमाडौं स्वयम्भुमा अन्तिम संस्कार गरीने बताईएको छ । गायिका मोक्तानका श्रीमान हाल विदेशमा हुनुहुन्छ । उहाँलाई खबर गरीसकेको र आज दुवईबाट फर्किने बताईएको छ ।
झण्डै ८ सय गीत गाई सकेकि मोक्तानको “मईच्याङ”, “मनको गीत” लगाएतका एल्वम प्रशारणमा आईसकेका छन् । विशेष गरी योगितालाई सेलो विटका गीतहरु, तथा नेपाली आधुनिक, लोक, तामाङ सेलो, पप विधा र चलचित्रका गीतमा पाउन सकिन्छ ।
“डम्फु बजाउ, हेर न हेर, कति राम्रो तथा कहिले त” लगाएतका उनका चर्चाका गीतहरु हुन । योगिता मोडल पनि हुन । उनले “कति राम्रो” र “हेर न हेर” लगाएतका गीतमा मोडलिङ गरेकि छन् ।
संगीतको अध्ययनमा बि म्यूजसम्म पुगेकि गायिकाको नाता पोखरेलीसंग पनि जोडिएको छ । सहारा क्लवले उत्पादन गरेको, गीतकार आरजु विष्ट सल्यानीद्धारा रचित, गायक विनोद वानियाले संगीत गरेको आहा गोल्ड कपको स्वागत गीत “स्वागतम् स्वागतम् सहाराको स्वागतम्” गीत वानियासंगै गाएकि छन् । गायिका मोक्तानले गएको पौष ५ गते गायक विनोद वानिायसंगै उक्त गीत गाएकि हुन भने गीत भर्जिन भ्वाईस स्टूडियो नक्सालमा धनपाल गुरुङले रेकर्ड गर्नुभएको थियो ।
यसैबिच सहारा क्लव पोखराका अध्यक्ष विक्रम थकालि तथा फोटो पत्रकार सुदर्शन रञ्जितले सहारा क्लवको स्वागत गीतकि गायिका योगिता मोक्तानको निधन भएकोमा दुःख व्यक्त गर्दै सोक सन्तप्त परीवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

No comments:

Post a Comment